लुम्बिनी प्रदेशका स्थानीय तहले घटाए बेरुजु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

साउन २४,

लुम्बिनीका स्थानीय तहहरूले विगतभन्दा केही बेरुजु घटाएका छन् । आर्थिक वर्ष ०७८र७९ मा २।९३ प्रतिशत रहेको बेरुजु आर्थिक वर्ष ०७९ र 0८० मा भने २.४७ प्रतिशतमा झरेको छ ।

महालेखापरीक्षकको ६१औँ प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशका स्थानीय तहको एक खर्ब ८१ अर्ब ६८ करोड पाँच लाख ३५ हजार रकमको लेखापरीक्षण गर्दा चार अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको हो जुन २.४७ प्रतिशत हो । अघिल्लो वर्ष २.९३ प्रतिशत बेरुजु थियो । यसरी हेर्दा विगतभन्दा लुम्बिनीका पालिकाले बेरुजु दर घटाएका छन् ।

मुलुकका सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशका पालिका बेरुजुमा तेस्रो स्थानमा छन् । महालेखाको प्रतिवेदनअनुसार लुम्बिनीमा सबैभन्दा बढी बेरुजु नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा छ । जहाँ ९.७९ प्रतिशत अर्थात् ११ करोड ८३ लाख ९५ हजार रुपैयाँ बेरुजु छ ।

त्यस्तै, दोस्रोमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका रहेको छ । लुम्बिनीका सबैभन्दा बढी बेरुजु देखिएका १० पालिकामध्ये प्युठानमा धेरै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *