कपिलवस्तुमा सकियो धान रोपाइँ, ६९ हजार ४७५ हेक्टरमा धान खेती

कपिलवस्तु । कपिलवस्तुमा धान रोपाइँ सकिएको छ । असार पहिलो साता सुरु भएको रोपाइँ साउन दोश्रो साता सकिएको हो । किसानलाई अहिले समयमै वर्षा हुँदा रोपाइँका लागि सहज भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार कपिलवस्तुमा रोपाइँ सकिएको र यस वर्ष ६९ हजार ४७५ हेक्टरमा धान खेती गरिएको छ । पर्याप्त पानी परेकाले जिल्लामा ९९ […]
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४, २०८१ बिहीबार काठमाण्डौ । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न सङ्घ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रम छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवम् भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न […]
लुम्बिनी प्रदेशका स्थानीय तहले घटाए बेरुजु

साउन २४, लुम्बिनीका स्थानीय तहहरूले विगतभन्दा केही बेरुजु घटाएका छन् । आर्थिक वर्ष ०७८र७९ मा २।९३ प्रतिशत रहेको बेरुजु आर्थिक वर्ष ०७९ र 0८० मा भने २.४७ प्रतिशतमा झरेको छ । महालेखापरीक्षकको ६१औँ प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशका स्थानीय तहको एक खर्ब ८१ अर्ब ६८ करोड पाँच लाख ३५ हजार रकमको लेखापरीक्षण गर्दा चार अर्ब ४८ करोड […]
कार्यसम्पादन मूल्याङ्कन :कपिलवस्तु सबैभन्दा पछाडि

कपिलवस्तु । गृह मन्त्रालय र देशभरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बीच भएको कार्यसम्पादन सम्झौताको प्रगति मूल्याङ्कनमा कपिलवस्तु जिल्ला सबैभन्दा कमजोर देखिएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये कपिलवस्तुले सबैभन्दा न्यून प्रगति हासिल गरेको पाइएको हो। मूल्याङ्कन नतिजा अनुसार कपिलवस्तु १२ औं स्थानमा परेको छ, जुन समग्र मूल्याङ्कनको सबैभन्दा पुछारको स्थान हो। यसले कपिलवस्तुको प्रशासनिक कार्यक्षमता र […]
गुगल प्ले स्टोरबाट ईसेवाको मोबाइल एप गायब हुनुको भित्री रहस्य यस्तो

काठमाडौं । पछिल्ला केही दिन देखि ईसेवाको मोबाइल एप गुगल प्ले स्टोरमा भेटिंदैन । यस्तोमा सुरक्षा कमजोरी रहेकाले ईसेवाको एप गुगलले डिलिट गरिदिएको बजार हल्ला समेत चलिरहेको छ । तर ईसेवाको मोबाइल एप प्ले स्टोरबाट हट्नुको वास्तविक कारण भने अर्कै छ, ‘बिजनेस भेरिफिकेसन’का दौरान भएको गडबडी । पहिला पहिला गुगल प्ले स्टोरमा एप पब्लिस गर्न […]
डलरको भाउ निरन्तर वृद्धि :आज नयाँ रेकर्ड कायम

काठमाण्डौ । डलरको भाउले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । अस्ति मङ्गलवार रेकर्ड बनाएको डलरको भाउले हिजो त्यो रेकर्डलाई तोडेको थियो भने आज फेरि डलरको भाउले हिजोको रेकर्ड तोडेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो बुधवार […]