लुम्बिनीका मुख्यमन्त्री महराले राजीनामा दिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकारको कसरत गरिरहँदा लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नलिने र राजीनामा दिएर सरकार छाड्ने मनस्थितमा पुगेको छ ।

यही असार २० गते नेकपा एमालेलगायत दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ । राजनीतिक दलहरुबीच केन्द्रमा भएको सहमतिअनुसार नयाँ सरकार बन्ने पक्कापक्की भएको र विश्वासको मत प्राप्त हुने अवस्था पनि नभएकाले लुम्बिनीमा विश्वासको मत लिनतर्फ सरकार नलाग्ने स्वास्थ्यमन्त्री दीपेन्द्रबहादुर पुनले जनाउनुभयो ।

प्रदेश केन्द्रबाट निर्देशितजस्तो देखिएकाले केन्द्रमा सरकार परिवर्तन हुनासाथ यसअघि पनि लुम्बिनी प्रदेशमा तीनवटा मुख्यमन्त्री परिवर्तन भएको भन्दै अहिले संसद्‌मा परीक्षण गरिरहन नपर्नेमा आफूहरु रहेको उहाँले बताउनुभयो ।

धेरै समय सरकारमा बसिरहने पक्षमा आफूहरु नरहेको मन्त्री पुनले बताउनुभयो । सरकारलाई एक महिनाको सुविधा भए पनि त्यो उपयोग गर्ने पक्षमा अहिलेको सरकार नरहेको उहाँको भनाइ छ ।

महरा नेकपा एमाले र अन्य केही साना दलसहित ४८ प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *