प्रचण्डको प्रधानमन्त्री पद गुम्यो

काठमाडौँ, असार २८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो। बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो। असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति […]
लुम्बिनीका मुख्यमन्त्री महराले राजीनामा दिने
दाङ । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकारको कसरत गरिरहँदा लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नलिने र राजीनामा दिएर सरकार छाड्ने मनस्थितमा पुगेको छ । यही असार २० गते नेकपा एमालेलगायत दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ । राजनीतिक दलहरुबीच केन्द्रमा भएको सहमतिअनुसार नयाँ सरकार […]
२४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

काठमाण्डाै । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो । चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटनालगत्तै […]
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट]
पोखरा । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको […]
मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात



काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ । दुई वटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूर्ण विवरण […]