लागू औषधसहित ४ युवा पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

परासी । पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित ४ जना युवा पक्राउ परेका छन् । रामग्राम नगरपालिका (२ कालिकाटोलस्थित मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेहरुमा सुनवल नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय सन्दिप परियार, रूपन्देहीको देवदह नगरपालिका(७ बस्ने १९ वर्षीय राजन विक, रुपन्देहीको रोहिणी गाउँपालिका(६ का ईरशाद मियाँ र रामग्राम नगरपालिका(२ का मोहम्मद सरिफ कुरेशी छन् ।

पक्राउ परेकाहरुको साथबाट डाइजापाम २८ एम्पुल, फेनारगन २८ एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल र सिरिन्ज बरामद भएको छ । पक्राउ परेकाहरुलाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत परासीमा मुद्दा दायर गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *