आज नागपञ्चमी,  मूलढोकामा नागको तस्वीर टाँसेर पूजार्चना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू […]

लागू औषधसहित ४ युवा पक्राउ

परासी । पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित ४ जना युवा पक्राउ परेका छन् । रामग्राम नगरपालिका (२ कालिकाटोलस्थित मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेहरुमा सुनवल नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय सन्दिप परियार, […]

सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको ज्यान गयो, एक घाइते

काठमाण्डौ । बर्दियामा सर्पको टोकाइबाट हिजो एकै दिन दुई बालबालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका–१ का नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको […]

बाग्लुङ पहिरो: एक जनाको सव अझै भेटिएन

काठमाण्डौ । गएको मङ्गलवार बिहान बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव हिजो बेलुकी भेटिएको प्रहरीले जनाएको छ । योसहित आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । ११ वर्षीय सुमन […]

काठमाडौं महानगरपालिका कार्यालय नजिकै भासियो सडक

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।-अनलाइनखबर     […]

दुई दर्जन कम्पनी कालोसूचीमा

 काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक […]