लमहीमा बस दुर्घटना, २२ जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ ।  दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका(१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार लमही अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको उनले बताए।

बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *