भैरहवा । तोकिएकोभन्दा बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले भैरहवाको विभिन्न स्थानमा स्थलगत अनुगमन गरी उनीहरुमाथि कारबाही गरेको हो ।
उनका अनुसार, दुई महिना अघि ट्याक्सी व्यवसायी लगायत् सरोकारवाला निकाय सहितको छलफलबाट रुपन्देहीमा ट्याक्सीको भाडा दर निर्धारण गरिएको थियो । निर्धारित भाडा दर भन्दा धेरै भाडा लिन थालेको गुनासो सर्वसाधारणबाट आउन थालेपछि प्रशासन कार्यालयले १५ जना व्यक्तिलाई ट्याक्सी यात्रु (ग्राहक) को रुपमा प्रयोग गरी ५/५ जनाको संख्यामा तीन स्थानमा खटाएको थियो ।
‘निर्धारित भाडा दर भन्दा लगभग दोब्बर भाडा असुलेको पाइएपछि ती ट्याक्सीवालामाथि कारबाही गरिएको हो,’ अर्यालले भने, ‘ट्याक्सी व्यवसायीमाथि यस खालको चेकजाँच र कारबाही अब नियमित रुपमा हुने छ ।’ रुपन्देहीमा बढी भाडा असुल्ने ट्याक्सीमाथि कारबाही भएको यो पहिलो पटक भएको दावी उनको छ ।
कारबाहीमा परेका ट्याक्सी व्यवसायीलाई बयान लिएर शुक्रवार थुनामा राखिएको थियो । यस खालको ठगी अब नदोहोरिने लिखित शर्तमा ट्याक्सी व्यवसायी समितिको जिम्मामा शनिवार उनीहरुलाई तारेखमा छाडिएको छ ।

