रास्वपा बाणगङ्गा चारको प्रथम वडा अधिवेशन सम्पन्न – युवा देखी वृद्धवृद्धा सम्म पार्टी प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगङ्गा ४ को प्रथम वडा अधिवेशन मङ्गलबार  ठकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न  गरेको छ ।    


कार्यक्रमका अध्यक्ष तथा तदर्थ समितिका अध्यक्ष गुणानिधि खनालले रास्वपा सबैको आशाको केन्द्र भएकोले  नेतृत्वले जनताको आशा अनुसार काम गरिरहेको बताउनु भयो ।  आफ्नो वडामा जोडिने सदस्यको सङ्ख्या बढिरहेको भन्दै खुशी  समेत व्यक्त गर्नु भएको थियो ।  जोडिन चाहने सम्पूर्ण सुवेछुकलाई अब ढिला नगर्न समेत उहाले अनुरोध गर्नुभयो ।


त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सभापति शिवकुमार सुवेदीले कपिलवस्तुमा सङ्गठनलाई तीब्र रुपमा अगाडि बढाइएको भन्दै अहिले सङ्गठनमा जोडिनेको सङ्ख्या दैनिकी बढिरहेको बताउनु भयो ।  बाङ्गाको धेरै वडाहरूमा अधिवेशन सम्पन्न गरिसकेको र केही बाकी रहेको वडालाई पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने  बताउनुभयो ।  जिल्लाका अन्य पालिका र वडाको अधिवेशन तिब्ररुपमा चलिरहेको बताउनुभयो । जेन्जि आन्दोलन पछि देशले नयाँ नेतृत्व खोजिरहेको र त्यसको निकास अब रास्वपाले दिने भन्दै अबको सङ्घीय चुनाब पछि पहिलो पार्टी बन्ने उहाले बताउनुभयो ।  

 कार्यक्रममा बोल्दै  सङ्गठन प्रशिक्षण बिभागका केन्द्रीय सदस्य  नारायण खनाल  ले  अबको वैकल्पिक पार्टी रास्वपा भएकोले सबैलाई एक्जुट भएर       सङठन निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।   अहिले रास्वपामा जोडिनेको सङ्ख्या हजारौ रहेको भन्दै बाणगङ्गामा पनि सो बातावरण मिलाउन नेतृत्वकर्तालाइ अनुरोध गर्नुभयो ।  जेन्जि आन्दोलन पछि देश सङ्कटमा धकेलिन लागेको भन्दै फाल्गुन २१ मा हुने सङ्घीय चुनाबमा  रास्वपा पहिलो पार्टी बनेर  देश जोगाउने जिम्मा लिने उँहाले बताउनुभयो  ।  


त्यस्तै जिल्ला उपसभापति बिक्रम थापाले  रास्वपामा आस्था राख्ने सम्पुर्णलाई एकजुट हुन आग्रह गर्नु भयो ।   पुरानो पार्टीको गलत प्रबृतिका कारण  जनाताले परिवर्तन खोजिरहेको भन्दै   सबैको आशा र आस्था रास्वपा भएकाले अब जनताले मत बदलेर पहिलो पर्टी बनाउनेमा बिश्वस्थ रहेको बताउनु भयो ।   सभापति रबि लामिछानेलाई  प्रतिशोध साधेर कारागारमा राखेको भन्दै    यस्तो अन्याय नगर्न  नवगठित सरकारलाई आग्रहसमेत गर्नु भयो ।  


साथै आजको अधिवेशनबाट यम बहादुर क्षेत्रीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटीति गठन भएको छ  । उप सभापतिमा भिम श्रेष्ठ, सचिबमा गुणानिधि खनाल, सह सचिबमा नेत्र प्रसाद पाण्डे, सदस्यमा हरीकला बि क, गोमा कुमारी पाण्डे, भोजराज पौडेल, बुद्दि बहादुर भाट क्षेत्री, कृष्ण प्रसाद मरासिनी रहनु भएको छ ।    त्यस्तै लाल बहादुर चन्दको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समेत गठन भएको छ । सदस्यमा बाबुराम भट्टराई, केशव खनाल, नुमलाल भट्टराई, हरिनारायण चौधरी,नारायण सापकोटा, थानेश्वर बेल्बासे रहनुभएको छ ।  उक्त अधिवेशनमा कयौँको  सङ्ख्यामा युवा देखी वृद्धवृद्धा सम्मपार्टी प्रवेश गरेको जिल्ला सभापति शिवकुमार सुवेदीले बताउनु भयो ।  

कार्यक्रममा  जिल्ला सङ्गठन विभाग प्रमुख रिखिराम भट्टराई , जिल्ला सल्लाहकार शिव प्रसाद पौडेल, बाणगङ्गा ३ का वडा  सभापति प्रेम लाल भुसाल,  बाणगङ्गा ८ का सभापति गोविन्द जि सि  लगायत  सयौको सङ्ख्यामा उपस्थिति रहेको थियो  । 

तदर्थ समितिका अध्यक्ष गुणानिधि खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन   बाणगङ्गा नगर सभापति बुद्धिसागर बेल्बासेले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *