रास्वपा केन्द्रीय सदस्यमा कपिलवस्तुका मिर्जा रासिदको उदय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई लक्षित गर्दै कपिलवस्तुका युवा नेता मिर्जा रासिद बेगले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन ।

उनी लुम्बिनी प्रदेश मुस्लिम क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिन लागेका हुन्। सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै बेगले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले युवाशक्ति, नैतिकता र समावेशी नेतृत्वमार्फत पार्टीलाई अझ सशक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

उनले विगत देखि संगठन निर्माण, सदस्यता विस्तार, संगठन सुदृढीकरणको कार्य गदै आएका छन्। उनि बर्तमान केन्द्रीय जनसम्पर्क बिभाग सदस्य समेत हुन् । रास्वपाको असार ७, ८ र ९ गते हुने महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका बेगले “सबल नेतृत्व, स्पष्ट दृष्टिकोण र समावेशी अभियान” का साथ आफू अघि बढेको बताएका छन्।

कपिलवस्तुसहित लुम्बिनी प्रदेशका रास्वपा समर्थक तथा कार्यकर्तामाझ उनको उम्मेदवारी दिने बिषयलाई चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *