रास्वपाका उम्मेद्वार आचार्यको विज्ञताले मतदाता उत्साहित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता तथा कानुनविद् मोहन आचार्य चुनाबि मैदानमा छन । उनको शैक्षिक योग्यता र विज्ञता अन्य उम्मेद्वारको भन्दा उच्च भएका कारण कानुन बनाउने थलोमा कानुनविद्लाई पठाउन पाउदा जनतामा उमंग छाएको छ ।

आफ्नो भिजन, दर्शन, अनुभव, विज्ञता, मतदाताको विश्वास र रबि बालेनप्रतिको जनबिश्वासका कारण जित्ने आधार बलियो रहेको दखिन्छ । सभापति रबि लामिछानेले बाणगंगा आएर आचार्य आफुभन्दापनि अब्बल उम्मेद्वार रहेको बताएका थिए । आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै नभएर, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *