जनहित अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्षमा बुद्धि सागर बेल्वासे चयन हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनले बेल्वासेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोे हो ।
जसको उपाध्यक्षमा बाबुराम खनाल, महिला उपाध्यक्षमा राधा पाण्डे, सचिवमा लिलापति घिमिरे, कोषाध्यक्षमा घनस्याम घिमिरे, सहसचिवमा पम्फा पाण्डे खनाल, सहकोषाध्यक्षमा दधिराम घिमिरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खगेश्वर बेल्वासे, रिता खनाल, मधु आचर्या, गिता चौधरी, मेनुका खनाल, डिल्लिराज खनाल, शोभाखर अधिकारी, जगत प्रसाद अधिकारी, गोमा भुषाल, बेदुराम घिमिरे, पुष्पा आचार्य र निवर्तमान अध्यक्ष लेखनाथ घिमिरे पदेन रहनुभएको छ ।
अध्यक्ष बेल्बासेले पछिल्लो समय भजन तथा चुट्काहरु लोप हुदैं गएको अवस्थामा आफुले संरक्षण र प्रवर्दनमा जोड दिने बताउनुभयो । नव प्रतिभावानहरुलाई छिट्टैनै प्रतिष्ठानमा जोड्ने उहाँले बताउनु भयो ।
प्रतिष्ठानको दोस्रो अधिवेशन सनिबार बाणगंगाको कपिलधाममा सम्पन्न भएको हो ।


