राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको १४ औं साधारण सभा सम्पन्न ।।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरिता थारु,कपिलबस्तु ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको १४ औं बार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका महिला उपाध्यक्ष चेतना थापाले साधारण सभाको सफलताको शुभकामना दिंदै देशैभर एक साथ साधारण सभा गर्ने निर्णय अनुसार कपिलबस्तुको पनि साधारण सभा सम्पन्न गरेको बताउनुभयो । संस्थाले लोक संस्कृतीको संरक्षणमा महत्वपुण भुमिका खेलेको भन्दै प्रसंसा गर्दै उहाले आगामी दिनमा लोक संस्कृतिको संरक्षण, प्रबर्धन तथा कलाकारहरुको प्रतिभा प्रस्फुटनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । साथै उहाले पछिल्लो समय तिज गितहरु भड्किलो हुदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । संस्कृती संरक्षण भन्दा पनि भड्किलो तिज गित निकाल्नेलाई प्रतिष्ठानले कारबाही गर्दै आएको समेत बताउनुभयो ।


यस्तै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश निर्वतमान सदस्य तथा कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्ण चन्द्र परियारले प्रतिष्ठानले संस्कार संस्कृतलाई संरक्षण गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । पदका लागि संस्थामा आवद्ध हुने मात्र नभई सस्थाको गरिमालाई उचो बनाउने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो । आफु नेतृत्वमा रहदा गरेको क्रियाकलापको स्मरण गर्दै उहाँले संस्थालाई आवश्यक सहयोगका लागि सदैव तयार रहेको बताउनुभयो ।
वडा नं। ८ का वडा सदस्य तथा बाणगंगा नगरकार्यपालिका सदस्य शारदा परियारले संस्थाको भवन निमार्णका लागि बजेट विनियोजनका निम्ती पालिका तथा प्रदेशमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उद्योग व्यापार सघं कपिलबस्तुका अध्यक्ष कोपिल पौडेलले कपिलबस्तु जिल्ला बहुभाषिक, बहुसांस्कृतिक एवं विविधताले भरिपुर्ण जिल्ला रहेकाले सबै जातजातिको लोक संस्कृतीको संरक्षण गर्न सबैलाई समेट्नुपर्ने दायित्व प्रतिष्ठानको समेत रहेको औल्याउनुभयो । राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेश सदस्य सविन रणपाल, राष्ट्रिय लोक भजन तथा चुट्का संरक्षण समिती कपिलबस्तुका अध्यक्ष लेखनाथ घिमिरेले नेपाली लोक कला संस्कृती भित्र भित्रिएको विकृतीका विरुद्ध लड्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संचारकर्मी सरिता थारुलाई संस्थाले गरेको कार्यलाई संचार क्षेत्रबाट प्रचारप्रसारमा गरेको योगदानको मुल्यांकन गर्दै दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ । यस्तै संस्थाका निम्ती ८ धुर जग्गा दान गर्ने आजिवन सदस्य तथा सल्लाहाकार पिताम्बर भुषाललाई पनि विषेश सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई मायाको चिनो समते प्रदान गरिएको थियो ।
साधारण सभाले केहि निस्कृय सदस्यहरुलाई विदाई गरि नया सदस्य थप गरिएको छ । द्धितिय उपाधयक्षमा कृष्ण पाण्डे, कोषाध्यक्षमा भक्तिराम घिमिरे, सदस्यमा शंकर प्रसाद न्यौपाने, लक्ष्मि बेल्बासे र रीता बेल्बासेलाई कार्यसमितीमा थप गरिएको छ । यस्तै लेखनाथ घिमिरे, पिताम्बर भुषाल, भक्तिराम घिमिरे, असिम खत्री र लिल बहादुर कुंवर संस्थाको आजिवन सदस्यता लिनुभएको छ ।
पिस हिमालय रिसोर्टमा सम्पन्न बार्षिक साधारण सभाले संस्थाको प्रगति प्रतिवेदन पारित गरेको छ । साधारण सभामा प्रतिष्ठान कपिलवस्तुका सचिव असिम कंडेल क्षेत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, साधारण सदस्यहरु लगातयको उपसिथती रहेको कार्यक्रम अध्यक्ष शारदा खनालको अध्यक्षता आर्थिक संयोजक तथा कोषाध्यक्ष भक्तिराम घिमिरे स्वागत मन्तब्य तथा सचिव असीम कंडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *