राष्ट्रवादी जनताको समर्थनकै कारण अहिले संसद छिर्दै छुः राप्रपा उम्मेद्वार कुर्मी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार शत्रुघन विलास सिंह कुर्मीले आफु जितको दिशामा अग्रसर रहेको दाबी गरेका छन्। बाणगंगाका विभिन्न वडामा निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले यस्तो बताएका हनु ।

ठुला र नयाँ भिनिने दलहरुले देशलाई निकास दिन नसक्ने भन्दै पार्टीप्रति नेपाली राष्ट्रवादी जनताको उत्साह र समर्थन उल्लेखनीय रहेको भन्दै आफु अहिले संसद छिर्ने बताएका हुन । मतदाता सङ्ग उनले भने, “कपिलवस्तुमा राप्रपाप्रति जनविश्वास बढ्दो छ। राजा, हिन्दु राष्ट्र, विकास, सुशासन र पारदर्शिताका एजेन्डाका कारण हामी जितको दिशामा अघि बढेका छौं। अब यसलाई थप मजबुत बनाउने जिम्मेवारी सम्पूर्ण मतदाताको हो।”

घरदैलो अभियानका क्रममा स्थानीय वासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी तथा कृषि क्षेत्रका समस्या उठाएको बताउँदै कुर्मीले ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

उनका अनुसार पछिल्ला दिनमा विभिन्न टोल तथा बस्तीमा भइरहेको भेटघाट कार्यक्रमले चुनावी माहोल थप उत्साहित बनाएको छ। युवादेखि ज्येष्ठ नागरिकसम्मको साथ र समर्थनले पार्टीलाई बलियो आधार दिएको उनले दाबी गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *