राप्रपा बाणगंगा नगर अधिवेशनः बि.सी. को नेतृत्वमा नयाँ कार्यसमिति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिको अध्यक्षमा खिम बहादुर वि.सी. चयन हुनुभएको छ । आज बाणगंगाको बैरियामा सम्पन्न भएको अधिवेशन बाट वि.सी. को नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको राप्रपा बाणगंगाले जनाएको छ ।

जसको उपाध्यक्षमा राजेन्द्र प्रसाद चौधरी, हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा भरत मल्ल, सचिवमा भिमराज साही, सहसचिवमा सागर हमाल, प्रवक्तामा नवराज घिमिरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अशोक क्षेत्री, कृष्ण कुवर, धनिश्वर पौडेल, मदन मल्ल चयन हुनुभएको हो ।

अध्यक्ष वि.सी. ले देशको अवस्था सुधार गर्न राप्रपाको बिचार र सिद्धान्त नै अन्तिम विकल्प रहेको भन्दै नगर सहित सिङ्गो जिल्लालाई बलियो बनाएर लैजाने बताउनुभयो । पार्टी कमिटिलाई बलियो बनाउन आफु लागि पर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य ध्रुव रायमाझीले देश अहिले अफ्ठ्यारो अवस्थामा रहेको भन्दै सबै मिल्नुको विकल्प नरहेको बताउनु्भयो । कठिन अवस्थामा रहेको देशको अवस्थालाई सुधार गर्न राप्रपाको सिद्धान्त र बिचर नै अन्तिम अस्त्र रहेको उहाँले दाबी समेत गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *