राज्यमन्त्री बम चढेको गाडी दुर्घटना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु ।  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ ।

राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी आज बेलुका भारतीय कारसँग ठोक्किएको हो । दुर्घटनामा राज्यमन्त्री बम सकुशल रहनु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सामान्य चोटपटक लागेका उहाँको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । उहाँका अनुसार राज्यमन्त्री बमको अवस्था सामान्य रहेको छ । “दुर्घटनामा कसैलाई पनि बढी चोटपटक लागेको छैन” सह प्रवक्ता खड्काले भन्नुभयो ।

भारतीय कारसँग ठोक्किएर दुर्घटना भएपछि राज्यमन्त्री बम चढेको गाडीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *