जनहित अन्लाइन, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा दिन प्रतिदिन तिज गित हरु आईरहेका छन् । पछिल्लो समय साइली उपनामले चर्चामा आएका रमेश विश्वकर्मा साइलीको “नाच जमिन थर्काउदै” नयाँ तिज गित सार्वजनिक भएको छ ।
लामो समय देखी गित संगितलाई अंगाल्दै गरेका रमेश एक महोत्सवमा आफु विरामि हुदाँ मिठो स्वरमा केही समस्या आएसंगै एका एक साइली नामले चर्चामा आएसगै लाइभ दोहोरी र गित रेर्कडमा व्यस्त रहेका छन ।
हुनत विश्कर्मा प्रदेशमा हुँदा देखि नै गित लैख्ने गर्दथे । तिजलाई लक्षित गरिे यो वर्ष बसन्ती सुनार र आफ्नो स्वरमा नाच्ने खालको रमाइलो तीज गीत सार्वजनिक गर्न सफल भएको गायक रमेश विश्वकर्माले बताए ।
गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ ।। गीतको शब्द बसन्ती सुनुवार र लय सिर्जना रमेश विश्वकर्मा आफैँले गरेका छन् । एरेन्ज यम थापा मगरले गरेका छन्। गीतको म्युजिक भिडियोमा सामना एरि र दिपेन्द्र सोनामको अभिनय रहेको देख्न सकिन्छ । गीत बसन्ती सुनुवार युटुव च्यानलबाट सार्वजनिक भएको छ ।


