रबि लामिछानेले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न  लिएको ऋण मध्य १ करोड ५० लाख ऋण बाकि रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *