रक्षा यादव बनिन बिस वर्षमै प्रधानाध्यापक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् ।

नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्यालयको नेतृत्वकर्ताका रूपमा आएको पहिचान गरे । २०८० सालमा चैतमा स्थायी शिक्षकमा नाम निकालेर विद्यालयमा आएको रक्षाको काँधमा अहिले शैक्षिक गुणस्तर सुधारदेखि समग्र विद्यालय विकाससम्मको जिम्मेवारी छ । रक्षाले भन्नुभयो, “जागिर खान मात्र आएकी होइन, यो विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने सङ्कल्प लिएर आएकी हुँ ।” उहाँसहित स्थानीयलाई पनि अब विद्यालयमा सकारात्मक परिवर्तन आउने विश्वास पलाएको छ ।

आर्थिक अभावका कारण लामो समयसम्म विद्यालयको ढोकाबाट टाढा रहनुपरेकी राजपुर–३, भैसहाकी रक्षा अहिले नेतृत्वमा पुग्नुभएको छ । यादव समुदायमा छोरीहरूको शिक्षालाई अझै चुनौतीपूर्ण मानिन्छ । यस्तो अवस्थामा २० वर्षमै जिम्मेवारी पाउनु रक्षाका लागि गर्व र चुनौती दुवै बनेको छ । कक्षा ६ देखि १२ सम्मको अध्ययनमा क्रिएटिभ पोसिबिलिटिज नेपाल ९सिपी नेपाल० ले सहयोग गरेको स्मरण गर्दै रक्षाले भन्नुभयो, “सिपी नेपालले साथ नदिएको भए म यहाँसम्म आइपुग्ने थिइनँ ।” आर्थिक कठिनाइबिच निरन्तर मेहनतले असम्भवलाई सम्भव बनाइदिएको बताउँदै उहाँले शिक्षाले आफ्नो जीवनको दिशा परिवर्तन गरेको उल्लेख गर्नुभयो ।

प्रधानाध्यापक बनेपछि रक्षाले विद्यालयमा प्राविधिक र व्यावहारिक सिकाइ, बालमैत्री वातावरण, अभिभावक–शिक्षक समन्वय तथा गुणस्तरीय शिक्षालाई प्राथमिकताका रूपमा अघि बढाउनुभएको छ । उहाँ श्रम, ऊर्जा र दृष्टिकोणसहित विद्यालयमा नयाँ परिवर्तन ल्याउनेतर्फ केन्द्रित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *