यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं। काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।

तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे ‘अर्थात गौरव दिवस’का रुपमा मनाएका हुन् ।

यसपटक भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले दुई फरक फरक ठाउँबाट र्‍याली निकाले ।

मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष भवनबाट र नील हिरा समाजले नारायणचौर नक्सालबाट र्‍याली निकालेका छन् ।

काठमाडौं उपत्यकामा भने नील हिरा समाजले २२ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।

तर, मायाको पहिचान नामक संस्थापले भने पहिलो पटक र्‍याली निकालेका हुन् । उनीहरूले र्‍यालीमा विभिन्न नारासमेत राखी आफ्ना हक र अधिकारहरू स्थापनाका लागि माग समेटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *