युवा समाजसेवी घिमिरेद्वारा विद्यालयमा सेनेटरी प्याड बाकस प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका समाजसेवी युवा बिमल घिमिरेले विद्यालयमा सेनेटरी प्याड र प्याड राख्ने बाकस प्रदान गरेका छन । छात्राहरुको समस्यालाई मध्यनजर गर्दै पिपरा स्थित जनता नमुना माध्यमिक विद्यालयमा २ वटा बाकस प्रदान गरेको उनले बताए ।

बाकस सहित करिब १५० पिस प्याड समेत प्रदान गरिएको छ । यसले रजश्वलाको समयमा विद्यालयमा जाने छात्राहरुको लागी महत्वपूर्ण सहयोग गर्ने घिमिरेले बताए ।

यता कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थिले सानो उमेरमा गरेको यस्तो रचनात्मक कर्यको प्रशंसा गर्दै यस्ता कामको सबैले अनुकरण गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय युवाहरु युनिक भुषाल, कपिल घिमिरे, दिपक कार्की, प्रदिप कार्की लगायतको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *