मायादेवी साझेदारी वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार बाणगंगा ४ ठाकुरापुर स्थित पञ्जाबी तड्का रेष्टुरेन्टमा र्काक्रम सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले मायादेवी साझेदारी वनले वन संरक्षण, उपभोक्ताको आयआर्जन वृद्धि र हरित अर्थतन्त्रलाई सुदृढ बनाउन गरेको प्रयाश पंशसा योग्य रहेको बताउनुभयो । वन हाम्रो जीवन, जलवायु र अर्थतन्त्रको आधार भएकाले यसको दिगो व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले सामुदायिक वन उपभोक्तालाई आयआर्जनका अवसरहरू सिर्जना गर्न वनजन्य वस्तुको मूल्य अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा वन आधारित उद्योग स्थापना गर्न प्रोत्साहन गरेको बताए ।

साझेदारी वन महासंघका जयप्रकाश पाण्डेले मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण र स्थानीय जनजीविकामा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी लगायतले बोल्दै वनको दिगो व्यवस्थापन गर्दै वनको श्रोत साधनलाई सहि सदुपयोग गर्नुपर्ने बताए ।

साधारण सभामा समूहका अध्यक्ष दिनेशप्रसाद जयसवालले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनको व्यवस्थापनलाई अझ सुदृड गर्दै लैजाने बताउनुभाये । यस्तै, लेखा संयोजक राकेश यादवले आगामी आर्थिक वर्ष २०८२–०८३ को अनुमानित आय व्याय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वन संरक्षण, वैज्ञानिक व्यवस्थापन, र साझेदारी वनको विकास प्रवद्र्धनमा पत्रकारितामार्फत महत्वपूर्ण भूमिका खेलेबापत नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सह–सचिव कृष्ण प्रसाद पौडेल, रेडियो परिवर्तनका प्रबन्ध निर्देशक भुपाल थापालाई सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाद्वारा साझेदारी वन तर्फ तेस्रो स्थान हासिल गर्न सफल भएकोमा मायादेवी साझेदारी वन र कार्यसमिति सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

समूहका अध्यक्ष जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शैलेन्द्रकुमार यादवको स्वागत, लेखा व्यवस्थापक शिवराज चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *