महाराजगंजमा घुम्ती शिविर सम्पन्न, ११ सय बढिले सेवा लिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  महाराजगंज नगरपालिकाको आयोजनामा वडा नं ०५,०७,०९ आयोजना गरिएको ११दिने एकीकृत घुम्तीशिविर सफलता पूर्वक सम्पन्न भएको छ ।

शिविर अवधिभर नगरपालिका भित्रका १ हजार १ सय ५६ जनाले प्रत्यक्ष रूपमा विभिन्न सरकारी तथा आधारभूत सेवाहरू प्राप्त गरेका छन् ।

नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्य सहित सञ्चालन गरेको उक्त शिविरमा स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्ता, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवाहरू प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

शिविर उद्घाटन तथा अनुगमनका क्रममा नगर प्रमुख अब्दुल कलामले एकीकृत घुम्तीशिविरले नागरिकको समय, श्रम र खर्च बचत गर्नुका साथै सेवामा पहुँच बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाका सेवा सहज, छरितो र पारदर्शी बनाउने हाम्रो निरन्तर प्रयास हो, घुम्तीशिविर त्यसैको उदाहरण हो।”

विभिन्न शाखा तथा सरोकारवाला निकायको समन्वयमा शिविर सञ्चालन गरिएको र आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार एउटै स्थानबाट यस्तो सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *