भू. पू. सैनिक स्कुलको २२ औँ वार्षिकोत्सव सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । भूतपूर्व सैनिक माध्यमिक विद्यालयको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयको प्राङ्गणमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले विद्यालय क्षेत्रमा गुणस्तरीय शिक्षा सङ्गै असल व्यवाहारको सीप सिकाउन आवश्यक रहेको बताउनु भयो । पछिलो समय युवाहरु लागुपदार्थ दुव्र्यसनीमा फसिरहेको भन्दै त्यसको लागि विद्यालय तहमामा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय बालबालिकाहरुमा सिर्जनात्मक क्षमता घट्दै गएको भन्दै त्यसमा शिक्षक सङ्गै अभिभावक विशेष गम्भिर हुन आवश्यक रहेको बताउनुभयो ।

May be an image of one or more people and crowd

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, प्रिन्सिपल डम्बर बहादुर सोमैले भू.पू. सैनिक स्कुललाई शैक्षिक गुणस्तर सङ्गै हरेक क्षेत्रमा अब्बल बनाउन लागिपरेको बताउनभुयो ।

कार्यक्रममा शैक्षिक सत्र २०८० को परिक्षा फल प्रकाशन सङ्गै खेल सप्ताहमा विभिन्न खेलमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरष्कृत समेत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले नृत्य लगायतका प्रस्तुति समेत देखाएका थिए ।

 

May be an image of 17 people, dais and text

May be an image of one or more people, flute, speaker, temple and crowd

Leave a Reply

Your email address will not be published. Required fields are marked *