भरुवा बन्दुकसहित पाल्पा बाट चार जना प्रहरी नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीबाट अवैध भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।

अवैध भरुवा बन्दुक बोकेर हिँडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–७ का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–५ का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेका छन् ।

उनीहरूको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिएकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अवैध चोरी सिकारी, बदेँल, दुम्सी, मृग मार्ने काममा भरुवा बन्दुक गाउँमा प्रयोग हुने गरको स्थानीयले बताए । -कान्तिपुर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *