‘भनम कसलाई खै’  बोलको तिज गित सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गायिका शान्ति श्री परियारको आवाजमा मौलिकपन भरिएको तिज गित भनम कसलाई खै बोलको तिज गित बजारमा आएको छ । वास्तविक तिजको भाव दर्शाउने , सुनौ सुनौ र नाचौ नाचौ लाग्ने तिज गित कलाकार रोशन क्षेत्रीको युटुव च्यानलबाट सार्वजानिक भएको छ ।

यता शान्ति श्री परियाले यसपालि गाएका तिजका गितलाई केही दर्शक श्रोताले तिजका नाममा शब्द चयनमा ध्यान नदिई आईटम गित जस्ता धेरै गाएको भन्दै आलोचना गरिरहेका छन । यसैसन्दर्भमा गायिका शान्ति श्री परियारले गाएको भनम कसलाई खै बोलको तिज गितको पनि चर्चा छुट्टै भएको छ ।

नेपाली समाज र हरेक घरपरिवारमा रहेको ययार्थ कथालाई भिडियोमा दर्शाएको छ । शान्ति श्री परियार र सुनिता सुनारको आवाज , रोशन क्षेत्रीको शब्द ,गोपाल सापकोटाको लयमा रहेको गितलाई रमेश सेञ्चुरीले संगित संयोजन गरेका छन । होम गुरुंगको डाईरेक्सनर कोरियोग्राफिमा रहेको गितमा मोडल कबिता न्यौपाने ,बिकास थापा ,ममता तामांग र राजकुमार क्षेत्री रहेको छ ।

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज नजिक आउँदैछ । सोही अवसरमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले तीज गीत बजारमा सार्वजनिक गर्ने लहर चलेको छ । बजारमा एकपछि अर्को गरी तीज गीत सार्वजनिक गर्नेक्रममा कतिपय गीत परिवारसंगै बसेर हेर्न मिल्ने खालका छन् भने कतिपय कलाकारले सार्वजनिक गरेका तीजका गीतहरु हेर्न पनि गाह्रो हुने खालका छन् । हेर्नुहोस गित ( भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *