ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट , कपिलवस्तु । कपिलवस्तु जिल्लाको चारनम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२४ मा जापानीज भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज पिस हिमालयन रिसोर्टमा बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष असिम कडेल क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रालिलाइ नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्याक्त गर्नुभयो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो । उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस वर्षको अप्रिल इन्टेकमा २१ जना विद्यार्थी उच्च शिक्षाको लागि जापान जान सफल भएको भन्दै सम्पु्र्णलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यष मोहन बेल्वासे, रेडियो परिवर्तनका स्टेसन म्यानेजर भुपाल थापा, लगायतले देशको आर्थिक अवस्था सबल नहुनुले नै दिनहुँ कयौं युवायुवती वैदेशिक रोजगारिमा जानुपरेको भन्दै विदेश बाट कमाएर ल्याएको सिप र पैसा पछि स्वदेशमै खर्च गर्नुपर्ने बताउनभुयो ।

त्यस्तै सेन्टरका जापनीज भाषाका प्रशिक्षक गणेश खनालले उच्च शिक्षाको लागि जापान जान लागेका विद्यार्थीलाई एयरपोट देखि जापान जाँदा र गएपछि ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

जापनीज भाष पास गरेका विद्यार्थीहरुलाई सम्मान पत्र सहित विदाई तथा सम्मान गरिएको कार्यक्रममा संचारकर्मी, स्थानिय कलाकार, सेन्टरका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 8 people and text

May be an image of 9 people, people standing, lighting and text

May be an image of 6 people

May be an image of 1 person, wedding cake and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *