बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बैतडीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

सिगास गाउँपालिका–१ माडौमा शनिबार बिहान जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो।

यस्तै सोही दुर्घटनामा चार जना घाइते भएका छन्।

सु प प्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइते उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *