बुद्धभूमिले सञ्चालन गरेको आधारभूत तहको परीक्षा रद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्ला स्थित बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत तहको वार्षिक परीक्षा रद्ध गरेको छ । मिति २०८० चैत्र ४ गते आइतबार गणित विषयको परीक्षा रद्ध गरिएको शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताएका छन् । एक सुचना जारी गरेर परिक्षा रद्ध भएको जानकारी गराइएको हो ।

२०८० चैत्र ५ गतेको बैठकको निर्णय अनुसार आधारभूत तह उतीर्ण परीक्षा २०८० को मिति २०८०/१२/०४ गते आइतबार सञ्चालित गणित विषयको प्रश्नपत्रको गोपनीयता भङ्ग भएको पाइएकोले उक्त परिक्षा रद्ध गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

रद्ध गरिएको परिक्षा चैत्र ९ गते हुने शिक्षा शाखाले बताएको छ जसका लागि नयाँ प्रश्न पत्र समेत तयार गरेको नगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *