बुद्धभूमिद्वारा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका चुरामणी पन्थीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्धले पालिकाको विकासमा सहज हुने बताएका छन् । सोमवार मात्रै हाजिर भएका पन्थीले नगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

पन्थीले सेवाप्रवाह लगायतका काममा राम्रोसँग काम गर्ने बताए । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो भए मात्र नगरपालिकाका काम कारबाहीमा प्रगति हासिल गर्न सकिने उनले बताए । बुद्धभूमिमा पनि त्यो सम्बन्ध विकास गर्ने उनको भनाई छ ।

May be an image of 1 person, dais and text

नगरप्रमुख श्रेष्ठले पन्थीलाई स्वागत गर्दै कार्यालयका प्रशासनिक काम र नगरवासीको सेवालाई सहज हुनेगरि काम गर्न सुझाएका थिए ।

नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतले सोमबार पन्थीलाई पुष्पगुच्छाले स्वागत गरेका थिए । बाणगङ्गा नगरपालिकामा पनि काम गरिसकेका पन्थीले यसअघि भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यरत थिए ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पनि स्वागत कार्यक्रममा सहभागिता थियो । स्वागत कार्यक्रमको सञ्चालन अधिकृत केशव ज्ञवालीले गरेका थिए । पन्थी नेपालको प्रशासनिक क्षेत्रमा राम्रै प्रशासकका रुपमा चिनिन्छन् ।

May be an image of 7 people, dais and text

May be an image of 1 person, dais and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *