बुटवलको एक होटलमा रडले हानेर छोरीको हत्या, बाबु प्रक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवलको एक होटलमा बुधबार साँझ एक युवतीको हत्या भएको छ । बुटवलस्थित मालिका होटलमा १७ वर्षीया अन्जली जि.सी. लाई उनकै बाबू ४८ वर्षीय नारायणबहादुर जि.सी. ले हत्या गरेको बुटवल प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा बस्ने नारायणले रातको करिब ९ बजे होटलमा बस्दैगर्दा रडले हानेर छोरीको हत्या गरेका थिए । घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । अञ्जली हरैया माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।

बाबू नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटना बारे थप अनुसन्धान र बयान लिने काम भने अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *