कृषि हाटबजार व्यवसायी संघद्वारा २०८१ सालको शुभकामना आदान प्रदान
जनहित अनलाइन, कपिलवस्तु । कृषि हाटबजार व्यवासयी संघ कपिलवस्तुले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आज चारनम्बर स्थित बुद्धरङ्गशालामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगर व्यवस्थापन समितिका अध्यक्ष विष्णु थापाले नयाँ वर्षले व्यवसायीहरु सङ्गै सम्पुर्ण नेपालीहरुको अवस्था परिवर्तन गर्न सहयोग पुर्याउने […]
आगो लगाउने व्याक्ति पक्राउ गर्न कपिलवस्तुका वनमा सीसी क्यामेरा जडान
कपिलवस्तु । गर्मी मौसम सुरु भएसङ्गै कपिलवस्तु सहित देशभरका वन जङ्गलमा डढेलो फैलिरहेको छ । हरेक वर्ष डढेलोका कारण वन जङ्गलमा करडौका बोटविरुवा र काठ नष्ट हुँदा पनि डढेलो नियन्त्रणको उपयुक्त उपाय भने भेटिएको छैन । यसैबिच डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरूले सीसी क्यामेरा राख्न सुरू गरेका छन् । जंगलमा लाग्ने अधिकांश डढेलो […]
युएईसँग नेपाल स्तब्ध, एसिया कप खेल्ने सपना चकनाचुर
काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे । नेपालले दिएकाे १ सय २० रनकाे सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा साेमपाल […]
अर्घाखाँचीमा भएको बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु
जनहित अनलाइन, बुटवल । विहिवार अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा ८ लाहापेका १३ वर्षिय प्रज्ज्वल बुढाथोकीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलका अनुसार सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ […]
बुटवलको एक होटलमा रडले हानेर छोरीको हत्या, बाबु प्रक्राउ
बुटवल । बुटवलको एक होटलमा बुधबार साँझ एक युवतीको हत्या भएको छ । बुटवलस्थित मालिका होटलमा १७ वर्षीया अन्जली जि.सी. लाई उनकै बाबू ४८ वर्षीय नारायणबहादुर जि.सी. ले हत्या गरेको बुटवल प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा बस्ने नारायणले रातको करिब ९ बजे […]
सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
काठमाण्डौ । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यसअघि वर्ष २०८० को अन्तिम दिन सुनको […]
आगलागीमा परेर दाङमा एक जनाको मृत्यु
दाङ । लमही नगरपालिका–९ तरुलियामा बिहीबार बेलुका आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही-९तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् । बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर र हुकुमबहादुर बोटेको एक घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए। घर भित्र रहेका सामान निकाल्न खोज्दा […]
कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकको ‘अपहरण’ पछि हत्या
कपिलवस्तु । जिल्लाको मायादेवी गाउँपालिकामा एक भारतीय नागरिकलाई अपहरण पछि कुटपिट गरेर हत्या गरिएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ । युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो । […]
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु
दोलखा र सिन्धुपाल्चोक । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको […]