बिहेमा नाचगान गरिरहेकामाथि करेन्ट लाग्दा २ महिलाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।

गएराति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।
छिमेकी मंगललाल सिंहका छोराको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो भने स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्।

 

बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो। पानीसँगै आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा छोएपछि करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउनासाथ राति ९ बजे दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

राधाकुमारी भने उपचारपछि घर फर्किएकी छन्। उनीहरुको शव अहिले अस्पतालमै रहेको र पोष्टमार्टम गरेपछि परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *