बार्दिया बाट ब्राउन सुगरसहित तीन किशोर पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्दिया । तीन सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई सोमबार बाँसगढी नगरपालिका–३ मान खोलास्थित खुशिया थारुको पुरानो खाली घरमा किनबेच गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम अर्यालका अनुसार पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–६ का १८,१६ र १५ वर्षका किशोर रहेका छन् । प्रहरीले खानतलासी लिँदा १२ प्लास्टिक पुरियामा उक्त पदार्थ फेला पारेको उनले जनाए । पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *