दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु

दाङ  । दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार तुलसीपुर–४ बनहरीमा रहेको घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते […]

लुम्बिनी प्रदेश सरकारका प्रदेश सचिवहरूको हेरफेर

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । नयाँ निर्णयअनुसार सामाजिक मन्त्रालयका सचिव भूपेन्द्र थापालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई पठाइएको छ । त्यस्तै रिक्त रहेको […]

गुल्मीमा मदिरा सेवन गरि बाबुको हत्या

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिकामा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । मालिका गाउँपालिका(८ कालिमाटी निवासी २९ वर्षीय डम्बरबहादुर रोकाले ६० वर्षीय लालबहादुर रोकाको हत्या गरेको मर्भुङ्ग प्रहरी चौकीले जनाएको छ। डम्बरबहादुरले गएराति मदिरा सेवन गरेर बुबा लालबहादुरको हत्या गरेको कुरा प्रहरी र जनप्रतिनिधिसामु स्विकारेको वडाध्यक्ष सूर्यबहादुर जिसीले बताए । परिवारमा बुबा, आमा र छोरा […]

गुल्मीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला

तम्घास। गुल्मीमा बारीमा ढुङ्गाले पुरेकोे अवस्थामा शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका ८ कालिमाटिका ६० वर्षीय लालबहादुर रोकाको शव ढुङ्गाले पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली जाँदै गरेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बार्दिया बाट ब्राउन सुगरसहित तीन किशोर पक्राउ

बर्दिया । तीन सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सोमबार बाँसगढी नगरपालिका–३ मान खोलास्थित खुशिया थारुको पुरानो खाली घरमा किनबेच गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम अर्यालका अनुसार पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–६ […]

माघ २९ देखि बाणगंगामा ५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका करिब ५ हजार किशोरीहरुलाई ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । सोमबार चारनम्बर जीतपुरमा रहेको होटल मझेरीमा बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको […]

कपिलवस्तुमा ६ महिनामा ९२ साना उद्योग र ६२ व्यवसायिक फर्म बन्द

कपिलवस्तु । पछिल्ला वर्षहरूमा आर्थिक चुनौतीका कारण कपिलवस्तुमा साना उद्योग र व्यवसायिक फर्म बन्द हुने क्रम तीव्र भएको छ। चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुससम्मको अवधिमा ९२ साना घरेलु उद्योग र ६२ व्यवसायिक फर्म बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालका अनुसार कोरोनापछिको आर्थिक मन्दी र लगानीको अभावका कारण उद्योग […]

फागुन १० बाट दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप हुदैँ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप हुने भएको छ । यही फागुन १० गतेबाट १८ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुर स्थित बुद्धरगंशालामा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप २०८१ हुन लागेको हो । गोल्डकपमा प्रथम हुने समुहले रु ११ लाख ११ हजार १११ र द्धित्तिय हुनेले ५ लाख ५५ […]