बाणगङ्गामा एकै ठाउँ महिला र पुरुषको शव फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा २ जना मृत फेला परेका छन । शनिबार बाणगंगा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

लालमटिया सामुदायिक वनमा कप्टैयाकै ५० वर्षीय विष्णु प्रसाद घिमिरे र कञ्चन गाउँपालिका ५ निवासी ४५ वर्षीया यमकला राना मृत फेला परेको रायमाझीले बताउनुभयो । शव नजिकै शंकास्पद विषादी फेला परेकोले विष सेवन गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *