कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगर भित्रका सम्पुर्ण संघ संस्था सङ्ग सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनुभएको छ । समाज रुपान्तरणका लागि संघ संस्थाको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
बिहिवार बाणगङ्गा वेलफेयर सोसाइटीको १० औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सोसाइटीले विगतदेखि नै खेलकुद, महोत्सव लगायत विभिन्न सामाजिक कार्य गर्दै बाणगङ्गा सहित सिङ्गो जिल्लामै सकारात्मक छाप छोडेको वताउनुभयो । पछिल्लो समय बाणगङ्गामा लागुपदार्थ दुर्व्यसनीको समस्या गम्भीर बन्दै गएको भन्दै त्यसमा पनि सोसाइटीले काम गर्नुपर्नेमा जोड दिनुभयो । बाणगङ्गामा विभिन्न खेलका उत्कृष्ट खेलाडीहरु रहेको भन्दै खेल क्षेत्रलाई प्रवर्द्धन गर्न नगर सङ्ग सहकार्य गर्न पनि उहाँले बाणगंगा वेलफेयर सोसाइटी सहित अन्य संघ संस्थालाई आह्वान गर्नुभयो ।
त्यस्तै सोसाइटीका अध्यक्ष राजकुमार खाणले खेलकुद, संस्कृति र लागु औसधको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएका संस्थाा अहिले हरेक क्षेत्रमा अवद्ध रहेर सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो । १५० जना सदस्य रहेको संस्थाले विगतदेखि नै उदाहरणीय कार्य गर्दै आइरहेको भन्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै सोसाइटीका संस्थापक अध्यक्ष विष्णु बहादुर थापाले यो संस्था मेला महोत्सवको लागि मात्र नभएर समाजका हरेक क्षेत्रमा काम गर्न जन्मिएको बताउनुभयो । साधारण सभामा निम्न उपस्थिती रहेको तर्फ सङ्केत गर्दै संस्थाको विकासको लागि समुहमा रहेका हरेक सदस्यको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस संस्थाको स्थापना काल देखि नै अग्रजहरु सङ्ग आफुपनि सहभागी भएको स्मरण गर्दै संस्थाको प्रवर्द्धनको लागि आफु सधै लागिरहने बताउनुभयो । आर्थिक लगायत जिल्लाको समग्र विकासको लागि उद्योग वाणिज्य संघ र वेलफेयरले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले बाणगङ्गाको खुल्ला आगनको रुपमा रहेको बुद्धरंगशालालाई व्यवस्थित बनाउनको लागि नगरले योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै पुर्व वडा अध्यक्ष तथा सोसाइटीकी सल्लाहकार बालकुमारी पन्त, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाइ, नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुका जिल्ला अध्यक्ष पदम प्रताप सेन लगायतले संस्थाले यस क्षेत्रको विकासमा गरेको योगदानको कदर गर्दै अझ सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल), सोसाइटीका सल्लाहकार शक्तिसिंह ठकुरी, समाजसेवि कपिलदेव घिमिरे, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
सोसाइटीका अध्यक्ष राजकुमार खाँणको अध्यक्षता, सचिव युवराज पन्थीको स्वागत तथा महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश) को सञ्चालनमा सम्पन्न भएको थियो ।

