बाणगंगामा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाको बनगवा गाउँमा राजाराम थारुका छोरा बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *