चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आज बुधवार देखि ‘पाँचौ मेयर कप– २०८०’ सुरु भएको छ । चारनम्बर स्थित बुद्धरङ्गशालमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले गर्नुभएको छ ।
पहिलो दिन आज वडा नम्बर १ विजयी भएको छ । दिउस मध्यन पछि सुरु भएको खेलमा वडा नम्बर ६ लाई १–० गोल अन्तरले हराउँदै १ ले विजयी सुरुवात गरेको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी.ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
यसैबिच भोलि १ बजे वडा नम्बर ११ र वडा नम्बर ७ तथा ३ बजे वडा नम्बर ४ र वडा नम्बर ८ बिच प्रतिसपर्धा हुने प्रमुख जि.सी. ले जनहित सङ्ग बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, ११ वटै वडाका वडा अध्यक्ष, नगरका कर्मचारी, खेलकुद संघ संस्थाका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।







