बाणगंगामा एडभान्स बाँस सम्बन्धी १ महिने हस्तकला तालिम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले महिला सशक्तिकरणका लागि उद्यमशिलता प्रवर्धन आवश्यक रहेको बताउनुभएको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना गरि आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन सकिने उहाँले बताउनुभयो ।

बिहीबार एडभान्स बाँस सम्बन्धी १ महिने हस्तकला तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकाले महिलाहरुको लागि विगतदेखि नै उद्यमशिलताका विभिन्न तालिमहरु सञ्चालन गरिरहेको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । नगरपालिकाले विभिन्न समयमा यस्ता बाँसका सामाग्री बनाउने तालिम, सिलाई बुनाई, सर्फ बनाउने, क्षमता विकास लगायत विभिन्न तालिमहरु सञ्चालन गरेको भन्दै उक्त सिपलाई व्यवहारमा लागु गर्न सके मात्र तालिमले सार्थकता पाउने बताउनुभयो ।

 

May be an image of 6 people, dais and text that says 'पिलवस्व युवा स्वरोजमार द्ठवसाी सामदी. परंटन प्रर्द्दुन हाको अभियान होटल तथा पर्रटन संघ कपिलवस्त बाणगंगा पेलट पलवस्त सीपतथा सीप तथा क्षमत र्यक्रमअन्त्ग र्यक्रम अन्तर्गत अजभाजस बंस स हस्तकला तालिम သည अचिक াणরাসা णजजा नमर Cr कान्यपाल าตา3เง आयोजक बोटल होटलतर तथा प्र्चंटन वायसायी कथिलव्सब'

त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले पालिकाको बजेटले स्थानीयले चाहेजति तालिम दिन नसकेपनि नगरले महिलाको पक्षमा देखिने गरि नै काम गरेको बताउनुभयो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउन यस्ता तालिमले निक्कै महत्वपूर्ण भुमिका खेल्ने भन्दै तालिममा सिकेको सिपलाई सदुपयोग गर्दै आर्थिक स्तर बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 2 people, flute, dais and text

 

त्यस्तै आयोजक संस्था होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले आफुहरुको संस्था महिला सशक्तिकरणको लागि विभिन्न निकाय सङ्ग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । तालिमको अवधि सकिएपनि आफुहरु सधै सिकारुकै साथमा रहेकोले ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । तालिम अवधि पछि पनि सिनर्जी सहकारीको सभाहलमा सिप सिकाउने र विभिन्न सामाग्री बनाउने काम चलिरहेकोले अवलोकन गर्न चाहाने व्यक्ति आउन सक्ने पनि उहाँले जानकारी दिनुभयो ।

May be an image of 2 people, people smiling and text

त्यस्तै नगरकी महिला तथा बालबालिका शाखा प्रमुख सुसिला पन्त, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्षुमण प्रसाद बेल्वासे लगायतले बोल्दै एक पटक सिकेको सिपलाई घरमै बसेर आयआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिनुभयो ।

May be an image of 3 people, dais, temple and text that says '2아km জনম มานัลลงลอ व्यवसायी यवसारीसंधकपिलवस्त संघ कपिलवस्तु मकজদ जतत মদর ববिए युवा स्वरोजगार. व्यवसायी समदी पर्यटन प्रत्द्ुन हामो अमियान होटल तथा पर्यटन व्यवसायी संघ क बाणगंगा न.पा. ម कपिलवस्तु सीप तथा क्षमता विकास कार्यत्रम अन एडभान्स बाँंस सम्बन्धी हस्तव समापन कार्यत्रम मिति २०८१ बैशाख २0 गते स्थान सिनर्जी सहकारीको วท Ф.α अवि्तिी পर्थिक सहयोग नगरपालिका लिकाको कार्यालय कपिलवस्तु प्रविधिक सहयोम: सिर्जी बहुउदेशठीय सहकार बाणबंगा LuI. कापिल'

२५ जना सहभागि रहेको उक्त तालिम गत चैत्र १४ गतेदेखि सुरु भएको थियो । तालिम लिएपछि आफुहरुमा आर्थिक आम्दानी गर्ने बाटो खुलेको भन्दै यसलाई व्यवसायकै रुपमा अगाडी बढाउने सहभागिहरुले बताएका छन ।

होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रविन्द्र पौडेलको अध्यक्षता, झिमलाल सापकोटाको स्वागत तथा सञ्चारकर्मी पशुपति गिरीको सञ्चालनमा सम्पन्नभएको कार्यक्रममा संघका पदाधिकारी, सिनर्जी सहकारीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 9 people and people smiling

May be an image of 7 people and text

May be an image of 5 people and text

May be an image of ‎3 people and ‎text that says '‎सघ መል NU 8 युवा स्वरोजगार व्यव्सायी समदी पर्रटन प्रवटुंन हाळो अमियान होतल तथा पर्रटन व्यातमारी संघ कपि बाणगंगा न सीपतथा क्षमता भागस लोंस सम्ब समपन ز_ मिही २0/ स्थान अन्तर्ग कल सिव কাথাलয लका कार्यालय स्व म्विरन ትሮ ST80 Takm 라소우 P‎'‎‎

May be an image of 5 people and text that says 'REN युवा स्वरोजगार द्यवसायी समद्धी प्र्वटब प्रर्द्ुन हाळो अमियात होटल तथा पर्यटन व्यवसायी बाणगंगा न.पा. 8 कपिरी तथा क्षमता विकास काय स सम्बन्धी समापन कार्य भिति २0८१ઠ पस्तु 2 .第1-409.時 "្ី 1 mEr तालिम आकिकी मा्याको ተወፅ wraDEn รางดดหนาน zufwar aitm 비남운 전화로146 % y'

May be an image of 6 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *