बाणगंगाका १ सहित ३ जना लागुऔषध सहित पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर बाट लागु औषधसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय बिपुल थारु र कृष्णनगरका लवकुश भुज छन् ।

लागु औषध नियन्त्रण ब्युरोको भैरहवा शाखा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

आरोपी महेश थारुको साथमा ९० हजार नगद फेला परेको कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताए । लवकुश भुजको साथबाट प्रहरीले १५१ दशमलव २१० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

लवकुशसँग खैरो हेरोइन खरिद गर्न आएको अवस्थामा अरु दुईजना पक्राउ परेका हुन् । लागु औषध तौलन प्रयोग गरिने ४ थान तराजु पनि प्रहरीले बरामद गरेको छ ।

आरोपीहरुविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

उनीहरू लागु औषध सेवनकर्ता समेत रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *