बाँकेमा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगन्ज । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना ८ ख ३३३ नम्बरको ट्याङ्कर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९५१७ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परेर गम्भीर घाइते भएका कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष अन्दाजी ४८।४९ का घमनबहादुर शाही र कैलाली धनगढी उपमहानगरपालिका १४ बस्ने वर्ष अन्दाजी ३५।३६ का रुपेश बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पठाइएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी आउनेबित्तिकै इलाका प्रहरी कार्यालय कोहलपुरबाट सो कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिनुका साथै घाइतेलाई अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनाको कारण दुबै सवारीसाधन तीव्र गतिमा रहेकोले नियन्त्रण गर्न नसकी एक आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । मृतकहरुका आफन्तलाई घटना बारे जानकारी गराइएकाे र दुबैजनाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *