जनहित अनलाइन, कपिलवस्तु । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बाणगंगा नगरको एक दिवसिय अभ्यास वर्ग सम्पन्न भएको छ । शोमबार सिद्धार्थ क्याम्पस बुङ्चिमा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले पछिल्लो समय विद्यार्थीहरु व्यवहारिक, अनुशासित र गतिशिल बन्न नसकेको बताउनुभयो । उच्च अङ्क सहितको डिग्री हासिल गर्ने मात्र नभएर परिवार, समाज र राष्ट्रको लागि योग्य र निष्ठावान् नागरिक तयार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सह संगठन सचिव रमेश कडेलले विद्यार्थीहरुमा ज्ञान, शील र एकता हुनुपर्ने बताउनुभयो । करिब ३० मिनेट भन्दा धेरै समय प्रशिक्षण गर्नुभएका उहाँले विद्यार्थीहरुको व्यवाहार परिवर्तन गर्नको लागि विभिन्न उत्प्रेरणत्मक विषय उठान गर्नुभएको थियो । त्यस्तै उहाँले व्यक्तिले जीवनमा सफल हुन ध्यान दिनुपर्ने कुरा, देश विकासमा युवाको भुमिका लगायतको विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
सोहि कार्यक्रममा प्रज्ञिक विद्यार्थी परिषद बाणगंगाको नयाँ नगर समिति समेत निर्माण गरिएको छ । जसको सचिवमा पुजा गौतम, सह सचिवमा विमला धिमिरे, माया न्यौपाने, छात्रा प्रमुख मनिषा भाट श्रेत्री, सह छात्रा प्रमुख वर्षा सुनार, कोषाध्यक्ष शिशिर अचार्य, मिडिया प्रमुख सोभा भुषाल, जनजाति कार्य प्रमुख मदन सिंजापति र सदस्यहरूमा संगिता बोहरा, मन्जु भाट क्षेत्री, बसुन्धरा कुँवर, जुना सारू, लक्ष्मी थारू, गीता थारू गरि २२ सदस्य समिति निर्माण गरिएको छ ।
कार्यक्रममा सह क्याम्पस प्रमुख गोविन्द प्रसाद खनाल, प्लस टु संयोजक राज कुमार अर्याल, प्रध्यापक ज्ञान राज अर्याल लगायतको उपस्थिती रहेको थियो ।
प्रदेश सदस्य प्रदिप के.सी. को संयोजक रहेको कार्यक्रमको सञ्चालन अर्चना आचार्यले गर्नु भएको थियो । नगर सह सचिव विमला घिमिरेको स्वागत रहेको कार्यक्रममा करिब ७२ विद्यार्थीको सहभागिता रहेको थियो ।








