जनहित अनलाइन, कपिलवस्तु । धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६र७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं। ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको छ।आयोगका अनुसार २०७६ चैत १७ गतेदेखि २०७७ असार २५ गतेसम्म सो कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, कम काम भएकोमा बढी गरेको देखाइ प्राविधिक मुल्याङ्कनसहितको नापी किताब तयार एवम् कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी भुक्तानी गरिएको छ।
नेगीसहित, सुदिप रेग्मी, बाबुलाल नेगी र लाल मान तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ।
यसैगरी, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा ९४० बमोजिम बिगोसमेत जफत हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोेगले जनाएको छ।


