प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, संवैधानिक परिषद् बैठक बोलाइयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल भएको । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेपछि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

संवैधानिक परिषद्को बैठक आइतबार बिहान सिंहदरबारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग संवैधानिक परिषद् बैठक, संसद् संचालन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।

प्रतिनिधिसभा बैठक चैत १८ गतेका लागि बोलाइएको छ । कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । सोही दिन बिहान संवैधानिक परिषद् बैठक बोलाइएको छ । विभिन्न संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *