कपिलवस्तु । लुम्बिनी प्रदेशमै सर्वाधिक धनराशी पुरस्कार भएको तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा थ्रीस्टार क्लब विजयी भएकोछ ।
कपिलवस्तुको जीतपुर स्थित बुद्ध रंगशालामा शनिवारको खेलमा थ्रीस्टार क्लब काठमाडौंले कपिलवस्तु ११ लाई शुन्यका विरुद्ध ३ गोल गरेर विजयी भएको छ । निरज चौधरीले दुई गोल गरेका थिए भने दिपेश घलेले एक गोल गरेका थिए । शनिवारको खेलको म्यान अफ द म्याच निरज चौधरी भएका थिए ।
जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिता चैत्र १७ देखि २४ गतेसम्म हुनेछ । उपाधि जित्ने टोलीलाई ११ लाख ११ हजार १११ र उपविजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए ।

