प्युठानमा चट्याङ पर्दा पाँच जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्युठानको झिमरुक गाउँपालिका दुई बादिकोटमा कमेरपानीमा सोमबार परेको चट्याङले पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा २० वर्षीय बिपना परियार, १४ वर्षीय सन्ध्या परियार, ३२ वर्षीय सरस्वता एमसि, ११ वर्षीय सन्जय जिसी र २१ वर्षीया गिता एमसि रहेको झिमरुक–२ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिदैछ । घाइतेमध्ये तीन जना सामान्य र दुई जनाको अवस्था गम्भीर भएको पनि पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *