पौडी खेल्दा डुबेर शितगंगामा एक महिलाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको भुतिया रहमा पौडि खेल्ने क्रममा डुबेर माइत आएकी सन्धिखर्क डिहिडाडाकी १९ बर्षिय मिरा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

उनको शवलाई प्राथमिक स्वास्थ केन्द्र ठाडामा राखिएको र परिवारको तर्फबाट जाहेरी नआएकोले पोष्टमाटम अझै नभएको प्रहरीले जनाएको छ ।

मृतकका ८ महिनाकि छोरी रहेकि छिन भने श्रीमान रोजगारको लागि भारतमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *