पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, साउन १४
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन् ।

बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।

उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए ।

बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ ।

उक्त बसमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थी सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *