जनहित अनलाइन, कपिलवस्तु । सामाजिक सञ्जाल (टिकटक) मा पेस्तोल लगायतका हातहतियार प्रदर्शन गरी समाजमा त्रास फैलाएको भन्दै कपिलवस्तुका एक युवक पक्राउ परेका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं .६ महादेवमा बस्ने २१ वर्षका रघुबिन्द यादबलाइ आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहितको हातहतियार प्रदर्शन गरेको भिडियो बनाई स्थानीय समाजमा डर त्रास फैलाएका उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले पकडी स्थित मायादेवी होटलबाट उनलाई ६ गते शनिबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ७ दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।


